महा नायक राजेस हमाल मेलम्ची सिन्धुपाल्चोक पुगेर बाँडे यति धेरै राहत

News

महानायक राजेश हमाल बाढी प्रभावित सिन्धुपाल्चोक पुगेका छन् । महानायक हमाल सोमबार सिन्धुपाल्चोकको हेलम्बु र पाँचपोखरी गाउँमा पुगेका हुन् । हेलिकप्टर मार्फत हेलम्बु र पाँचपोखरीमा पुगेका महानायक राजेश हमालले बाढी प्रभावितका लागि सोलार,

स्वास्थ्य सामाग्री र रकम सहयोग गरेको सार्वजनिक तस्बिरहरुमा देख्न सकिन्छ । हमाल हेल्प अर्गनाइजेसन र अर्को एक संस्थाको सहकार्यमा त्यहाँ पुगेका हुन् ।

यसअघि बाढी प्रभावित सिन्धुाल्चोक जिल्लामा श्वेता खड्का, आकाश श्रेष्ठ, पूजा शर्मा, दिपाश्री निरौला, स्वस्तिमा खड्का लगायत कलाकर्मीले बाढी प्रभावित सिन्धुपाल्चोक जिल्लामा राहत सामाग्री पुर्याएका छन् । महानायक राजेश हमाल भने सुटुक्क त्यहाँ पुगेर फर्किएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *