कलाकार हरुको कपाल काट्ने देखि कलाकारिता सम्मको यात्रा : जुरी ठाकुर

News

पछिल्लो समय जुरी ठाकुरको नाम नचिन्ने कमै होलान् । २० वर्ष देखि नयाँबानेश्वरको ठुलो खरीबोटमा सैलुन खोलेर बसेका जुरी ठाकुर अहिले सेलिब्रेटी बनेका छन् ।
सर्वसाधारणको कपाल काट्दै अहिले नेपाली चलचित्र तथा सांगितिक क्षेत्रका लोकप्रिय कलाकारको कपालमा कैची चलाएपछि उनी चर्चामा छन् । हरेक कलाकारले उनको सैलुनमा कपाल काट्दै आएका छन् । जसका कारण उनको नाम अहिले चर्चामा रहेको छ । महोत्तरी वडा नम्बर ५ कोल्हवा बहेराका जुरी ठाकुर बिगत दुई दशक देखि काठमाण्डौको नयाँ बानेश्वर मिन भवन ठुलो खरिबोटमा आफ्नो जुरी उनिसेक्स पार्लर संचानमा ल्याएका जुरी ठाकुर कलाकार जत्तीकै लोकप्रिय छन् । सुरुमा काठमाण्डौ छिर्दा आफुले धेरै दुख पाएको सम्झिन्छन । उनि भन्छन आज भन्दा २० वर्ष अघि म संग काम थिएन धेरै दुख पाएँ सबै संग कामको लागी हात जोडे कसैले पत्याएन । तर पनि हार मानिन किन कि म संग सिप थियो त्यहि अनुरुप मैले आफ्नै पार्लर खोलेर काम गर्न थाले । काम गर्दै गएँ मरो काम को चौ तर्फी चर्चा हुन थाल्यो । अहिले एस्तो कुनै कलाकार छैनन् होला जो मेरो हातबाट कपाल नकाटेका होलान । उनि आफ्नो पेसामा लगनशील कर्मनिष्ठ भएर लागेको पनि दुई दशक भएछ ।

आफ्नो पेसा संगै उनि नेपालका चर्चित कलाकार पल शाह,दुर्गेश थापा लगायत अन्य कलाकारहरु संग समाजसेवामा पनि अग्रसर छन् भने’ उनि एक सच्चा कलाकार पनि हुन् । उनले चर्चित कलाकारहरु संग १ दर्जन बढी म्युजिक भिडियोमा पनि अभिनय पनि गरेका छन् । उनले नेपालका चर्चित कलाकारहरु, प्रदिप खड्का ,रमित ढुंगाना , पुष्प खड्का ,जय किशन बस्नेत,दिलिप राय माझि ,आकाश श्रेष्ठ ,राजेन्द्र खड्की ,सुनिल थापा,हरि बम्श आचार्य ,शिशिर भण्डारी’ हाँस्य कलाकार ,केदार घिमिरे ,कुमार कटुवाल,सागर लम्शाल ,सन्दिप क्षेत्रि
साथै चलेका व्यक्तिहरुको हेयर डिजाइन समेत उनलै गरिसकेका छन् । उनको पार्लरमा गयो भने कलाकार देखि पत्रकारका साथै सर्वसाधारण कपाल काट्न ब्यस्त देखिन्छन् जुरी ।
उनको राम्रो बानी के छ भने सबैसंग मिठो बोलछन् ।

मेरो कपाल काटेको यति हो कहिलै भन्दैनन् । कलाकारले आफै बुझेर दिने गरेको जुरी बताउँछन् । उनले कलाकारलाई सुटिङ स्पोर्टमा नै पुगेर हेयर डिजाइन बनाइदिने गरेका छन् । उनी भन्छन्,‘यहाँ आउन भ्याउनु भएन भने ,सुटिङमा गीत अनुसारको कपाल मिलाई दिने गरेको छु, किनभने यो मेरो काम हो नि त ।’उनको पार्लरमा लेडिज जेन्स दुबै जनाको हेयर डिजाइन हुने गर्छ । सानो पसलबाट ठुलो बनाएका जुरीले अहिले काम गर्ने स्टाफ ३ जना महिला र ५ जना पुरुष गरी ८ जना राखेका छन् । तर देशमा भएको लामो लकडाउन”ले गर्दा खुलेर काम गर्न नपाएकोमा दुखि छन् । तर तर सबैको माया पाउँदा निकै खुशी पनि देखिन्छन । उनै जुरीलाई हाम्रो तर्फबाट पनि अझै सफलताको शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *