गायक तेजु अर्याल र गायिका समिक्षा अधिकारी’को तीज गीत ( ढल्की ढ्ल्की नाच्नलाई ) भिडियो दर्शक’ स्रोताको रोजाईमा

News

गायक संगीतकार तेजु अर्याल’को तीज गीत (ढल्की ढ्ल्की नाच्नलाई) गीतको भिडियो सार्वजनिक भएको छ | तीज नजिकिंदै गर्दा नेपाली संगीत बजारमा तीज गीतका म्युजिक भिडियो धमाधम सार्वजनिक भईरहेका छन | तत्यसैलाई निरन्तरता दिँदै गायक संगीतकार तेजु अर्याल’ले (ढल्की ढल्की नाच्नलाई) तीज गीतको भिडियो सार्वजनिक गरेका हुन | त्यसोत गायक संगीतकार अर्याल नेपाली संगीत बजारमा नयाँ नाम भने होइन दुई दशक भन्दा बढी संगीत क्षेत्रमा कृयाशिल अर्याल गायक मात्र नभई कुशल संगीतकार पनि हुन ।

देवदह रुपन्देहीका बासिन्दा अर्याल आफ्नो क्षेत्रमा कुशल कार्यक्रम संचालक तथा सामाजिक ब्यक्तित्वका रुपमा पनि चिर परीचित छन | साथै रुपन्देही क्षेत्रमा हुने सांगीतिक रियालिटी शो मा उनको कुशल निर्णायक’को भूमिका पनि रहँदै आएको हुन्छ । मेला महोत्सव सांगीतिक कार्यक्रममा उनि बद्यबादको रुपमा पनि समवेश भै, नै, रहेका हुन्छन’ उनलाई सबैले बहुप्रतिभाका धनि गायक संगीतकार भनेर पनि चिन्दछन् ।

उनले गीत संगीत क्षेत्रमा नेपालका ख्याती प्राप्त गायक गायिक सँग पनि शहकार्य गर्दै अाइ रहेका छन | उनी लोक आधुनिक मात्र न’भई भजन गीत संगीत ‘ देश भक्ती गीत’मा पनि उत्तीकै चर्चित छन | उनको शब्द संगीत तथा स्वर रहेका नेपाली आधुनिक लोक आधुनिक लोक भजन राष्ट्रिय गीत चर्चामा छन | गायक संगीतकार अर्याल कलाकारका अती प्रिय छन | उनी आफु मात्र न’ भई आफ्ना दुई छोरालाई पनि गीत संगीतमा अध्यन गराईरहेका छन् ।

गायक अर्याल आफु त चर्चामा रहिरहन्छन भने मोफसलमा उनका दुवै छोराहरु पनि आफ्नो प्रतिभाका कारण चर्चामा रहिरहेका हुन्छन’ उनको परिवार एक नमुना परिवार’कै रुपमा चिर परीचित छ | गायक संगीतकार अर्याल एक गीत संगीतका साधक हुन’ त्यसैले उनले संगीतलाई छोड्न सक्दैनन् | त्यसैले बेला बेलामा उनको संगीतिक रचना अाइ रहेका हुन्छन’ र चर्चामा पनि रहन्छ्न । त्यसै अनुरुप गायक संगीतकार तेजु अर्यालले भर्खर तीज गीत (ढल्की ढ्ल्की नाच्नलाई) गीतको भिडियो बजारमा ल्याएका छन | गीतमा शब्द संगीत स्वर गायक अर्यालकै रहेको छ’ उनलाई गायकिमा गायिका समिक्षा अधिकारीले साथ दिएकी छन | गीतमा संगीत सम्योजन कृष्ण बिक (भान्जा)को रहेको छ | गीतको भिडीयोमा निर्देशन् तथा नृत्य निर्देशन कजिश श्रेष्ठ ‘छायांकन दिपक गिरी ‘ सम्पादन अमृत चापागाईंको रहेको छ | उक्त गीतको अडियो भिडियो सालीना म्युजिक प्रा लि’ले गरेको छ | गीतको भिडियोलाई सलिना म्युजिक’को युट्युब च्यानलमा हेर्न सकिन्छ’ भने पोस्ट प्रोडक्सन जनता फिल्मसले गरेको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *