प्रथमउपराष्ट्र पति परमानन्द झा’ र प्रथम चलचित्र नायिका अभुवन चन्द’को हातबाट संगीतकार बिशाल ढकाल’लाई युवा राष्ट्रिय व्यक्तित्व तथा स्रस्टा समान २०७८ अर्पण

News

गत शनिबार सम्पन्न राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८ मा संगीतकार बिशाल ढकाल’लाई युवा राष्ट्रिय व्यक्तित्व तथा स्रस्टा समान २०७८ संगीतकर्मी सम्मान गरिएको हो ।

संगीतकार बिशाल ढकाल’लाई विगत दुई दशक भन्दा लामो समय देखि संगीतका माध्यमले मुलुकको कला “संस्कृतिको क्षेत्रमा यहाँले पुर्याउनु भएको योगदान तथा’ आधुनिक संगीत सिर्जनामा नयाँपन खोज्दै नेपाली कला संस्कृतीलाई उचाईमा पुर्यानका लागि संगीत क्षेत्र को संरक्षण , सम्बर्द्धन र विकासमा संगीत सिर्जनाका माध्यमले पुर्याउनु भएको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन गर्दै 2078 को अवसरमा संगीतकार बिशाल ढकाल’लाई राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८ मा प्रमुख अतिथि नेपालका प्रथमउपराष्ट्र पति परमानन्द झा’ त्रिभुवन अन्तरराष्ट्रिय बिमान स्थलका महानिर्देशक प्रताप बाबु तीवारी ‘ नेपाली चलचित्रकी प्रथम नायिका अभुवन चन्द’ कार्यक्रम संयोजक निशु कान्त झा’को हात बाट संगीतकार बिशाल ढकाल’लाई दोसल्ला ओढाई माल्यार्पण गरि सम्मान गरिएको थियो । उक्त कार्यक्रम बालकुमारी’को म्यूजिक सिटि हलमा सम्पन्न भएको थियो ।

संगीतकार ढकाल कामको शिलसिलामा बाहिर अस्ट्रेलिया भएपनि उनको सम्मान पत्र प्रेस काउनसिलका उजुरी बिभाग प्रमुख कुशल अर्यालले ग्रहण गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाली गीत संगीतका बिशिस्ट ब्यक्तीत्व गायक’ गायिका ‘ संगीतकार’ गीतकार’ कलाकारका साथै पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

बिशाल ढकाल नेपाली गीत संगीत क्षेत्रमा एकदम जुझारु’ क्रियटिभ संगीतकार हुन् ” उनका संगीतमा नेपालका दिग्गज गायक गायिकाले स्वर दिएका छन् । संगीतकार बिशाल ढकाल’लाई हाम्रो तर्फबाट पनि हार्दिक बधाईका साथै उतरोत्तर प्रगतिको कमना ” आगामी दिनमा पनि यहाँ उन्नती प्रगति हुँदै जावोस >>>>

Leave a Reply

Your email address will not be published. Required fields are marked *